२०८२ पुष १५ गते, मंगलवार १९:१२

रवि-बालेन-कुलमानलक्षित ओलीको प्रश्नः बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ?

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौं भनेको छ, ऊसँग पनि मिलौं भनेको छ ।’

ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ रु मुकाबिना हुन्छ रु’

कांग्रेसप्रति नरम सुनिएका ओलीले भने, ‘एकातिर नेपाली कांग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले ।’

देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेले( घरैमा । हामी चुनाव पर्खिरहेका छौं । कहिले होला रु फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने ।

महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएजस्तै निर्वाचनबाट हामी राष्ट्रिय फैसला पनि दिने उनले बताए । ‘त्यसको लागि हामी तयार छौं भन्ने सन्देश पनि महाधिवेशनले दिएको छ,’ ओलीले भने ।
लोकतन्त्र अजेय रहेकोले यसलाई कसैले जित्न नसक्ने ओलीले बताए । खेलमा खेलाडीहरूमध्ये को कतिबेला पछारिन्छ थाहा नभए पनि उत्कृष्ट खेलाडीले जित्ने उनको तर्क थियो ।

ओलीले दुब्लाको काम नै एकता गर्ने र बलियोसँग प्रतिस्पर्धा गर्ने भएको बताए । ‘दुब्लाको काम नै एकता गर्ने हो । बलियासँग लड्नका लागि,’ उनले थपे, ‘घैंटामा बोकेको पानीले महासागरसँग प्रतिस्पर्धा कसरी गर्छ र?’

उपेन्द्र यादवको हुंकार : ‘संविधान पुनर्लेखन नभए च्यातेर नयाँ जारी गर्छौँ, देश बर्बाद पार्नेमा कांग्रेस–कम्युनिष्ट दोषी’

वीरगन्ज- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

उपेन्द्र यादवको हुंकार : ‘संविधान पुनर्लेखन नभए च्यातेर नयाँ जारी गर्छौँ, देश बर्बाद पार्नेमा कांग्रेस–कम्युनिष्ट दोषी’

वीरगन्ज- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

पोडकास्ट सुन्नुहोस