२०८२ पुष १६ गते, बुधबार १४:४९

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पर्साले पायो दुईमन्त्री

वीरगन्ज-

मधेश प्रदेशको राजधानी जनकपुरमा बुधबार (आज) मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गर्दै ६ जना मन्त्री थपेका छन् ।

मुख्यमन्त्री यादवले गरेको मन्त्रपरिषद् विस्तामा पर्साबाट दूई जना मन्त्री बनेका छन् । पर्साको निर्वाच क्षेत्र नं २(क)बाट निर्वाचिन हुनु भएका श्यामप्रसाद पटेल र निर्वाचन क्षेत्र नं. ४(क)बाट प्रदेश प्रतिनिधी सभामा निर्वाचित भएका शंकर चौधरी मन्त्री बन्न सफल भएका छन् ।

मुख्यमन्त्री यादवले शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय र श्यामप्रसाद पटेललाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिनुभएको छ ।
आज भएको विस्तारमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मनिष सुमनलाई दिइएको छ भने राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच पद तथा गोपणियताको सपथ लिएका छन् ।

पोडकास्ट सुन्नुहोस