काठमाडौं –
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने बताउनुभएको छ ।
जेन–जी रेडफोर्सले आयोजना गरेको आईतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उहाँले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेद्वार बनाउने बताउनुभएको हो । उहाँले समानुपातिकको बन्दसूचिमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेद्वार बनाउने जानकारी दिनुभयो । पार्टीको केन्द्रिय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उहाँले बताउनु भयो ।
संयोजक दाहालेले जेन–जी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताउनु भयो । उहाँले भ्रातृसंस्थाहरुले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिनुभयो । उहाँले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।














