२०८२ पुष २७ गते, आईतवार १९:१३

सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

काठमाडौं – 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको बताउनु भयो । विषेश महाधिवेशन आफूहरुको नभई प्रतिनिधिहरुको मागअनुसार आह्वान भएको भन्दै बन्दसत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताउनुभयो । उहाँले काँग्रेस लासहरुको पार्टी नभई जिउँदा मानिसहरुको पार्टी भएको स्थापित भएको टिप्पणी गर्नुभयो ।

उहाँले काँग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताउनु भयो ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस