२०८२ चैत्र ३० गते, सोमबार ०९:५४

समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा

काठमाडौँ –

नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए ।

सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको उनको दाबी थियो ।

काठमाडौंमा जारी विशेष महाधिवेशनले नीति मात्रै पास हुने दाबी गरे । साथै उनले डा.कोइराला वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट सभापति बन्ने बताए । कोइरालाले पार्टी फुटबाट जोगाउने र एकताबद्ध वताउने उनको भनाइ छ ।

‘पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । एकताबद्धका लागि उहाँले पहलकदमी लिनुहुनेछ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा हाम्रै हो । बिचमा हाइज्याक भएको हो,’ उनले भने ।

आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।

वीरगन्जमा श्रीमतीद्वारा श्रीमानको हत्या प्रयास: तिन पुरुषसहित तीन जना घटनास्थलबाटै पक्राउ, एक अभियुक्तसँग ‘प्रहरी परिचयपत्र’ फेला

वीरगन्ज- वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने

वीरगन्जमा श्रीमतीद्वारा श्रीमानको हत्या प्रयास: तिन पुरुषसहित तीन जना घटनास्थलबाटै पक्राउ, एक अभियुक्तसँग ‘प्रहरी परिचयपत्र’ फेला

वीरगन्ज- वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने

पोडकास्ट सुन्नुहोस