२०८३ जेष्ठ ७ गते, बिहीबार २१:०९

उपभोक्ता समितिसँग १ लाख घुस लिने कल्याणपुरका तत्कालीन मेयर साहलाई जेल सजाय

सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

आज न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार फैसला गरेको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो ।

अदालतले साहलाई एक लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको छ । साहलाई गएको असार ३२ गते कल्याणपुर–६ मा नाला निर्माण योजनाको भुक्तानी चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिबाट एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयाेग अनुसन्धान आयागेले पक्राउ गरेको थियो ।

यसै प्रकरणमा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने अदालतबाट सफाइ मिलेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस