२०८२ माघ १६ गते, शुक्रबार १८:४०

वीरगन्जमा सबैभन्दा ठूलो मनोरञ्जन, ठाकुरराम क्याम्पसमा WINTER FEST

वीरगन्ज –

ठाकुरराम बहुमुखी क्याम्पसमा यही माघ १७ गते (जनवरी ३१, शनिबार) स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को आयोजनामा भव्य WINTER FEST कार्यक्रम हुने भएको छ। क्याम्पस परिसरमै आयोजना हुने उक्त कार्यक्रममा विद्यार्थी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

WINTER FEST लाई मनोरञ्जन, सांस्कृतिक प्रस्तुति र युवामैत्री गतिविधिको संगमको रूपमा प्रस्तुत गरिने स्ववियुका पदाधिकारीहरूले बताएका छन्। कार्यक्रममा लाइभ म्युजिक, मनोरञ्जनात्मक प्रस्तुति, विभिन्न स्टल तथा आकर्षक कार्यक्रमहरू समावेश गरिने तयारी गरिएको छ। यसले क्याम्पसको शैक्षिक वातावरणसँगै सिर्जनात्मक र सांस्कृतिक पक्षलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार WINTER FEST ले विद्यार्थीहरूबीच आपसी सद्भाव, नेतृत्व क्षमता र सामाजिक सहभागिता बढाउने उद्देश्य राखेको छ। साथै, वीरगन्जमा यस्ता ठूला युवा–केन्द्रित मनोरञ्जनात्मक कार्यक्रमको अभावलाई समेत पूर्ति गर्ने विश्वास लिइएको छ।

कार्यक्रमलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न स्वयंसेवक टोली परिचालन गरिने तथा सुरक्षाका आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ। दर्शकहरूको सुविधाका लागि टिकटको व्यवस्था सीमित संख्यामा गरिएकोले समयमै टिकट लिन आयोजकले आग्रह गरेका छन्।

स्ववियुले सबै विद्यार्थी, अभिभावक, युवा तथा मनोरञ्जनप्रेमीलाई कार्यक्रममा उपस्थित भई WINTER FEST लाई सफल बनाउन आह्वान गरेको छ। आयोजकको विश्वास अनुसार, WINTER FEST वीरगञ्जकै सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रमका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस