२०८२ फाल्गुन १ गते, शुक्रबार २२:०६

सांसद,मन्त्रि बन्नका लागि पार्टी फेर्दै हिडने विकास गर्न सक्दैन:रुङ्गटा

वीरगन्ज-

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले स्वार्थका लागि सिद्धान्त फेर्दै हिडनेले जनातको विकास गर्नै नसकिने दावी गर्नुभएको छ ।  व्यक्तिगत स्वार्थका लागि चुनावैपिछे पार्टी परिर्वतन गर्दै हिडने सिद्धान्त विहन नेता जितेपछि जनता भन्दा आफनै स्वार्थपुर्तीमा लागने उहाँले ठोकुवार गर्नभयो ।

वीरगन्ज महानगरपालिका वडा नं.  १५ लक्ष्मनवामा शुक्रबार अयोजना  भएको संध्याकालित चुनावि सभालाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले पर्सा क्षेत्र नं. १ बाट दुई दुई पटक निर्वाचित भएका बहुरुपिया उम्मेदवारले जनाको आकाँक्षलाई  कहिले पुरानगर्ने दावी गर्नुभयो ।  सांसद र मन्त्रि पदका लागि आप्mनै राजनीतिक गरुलाई धोखा दिने,  गालि गर्ने र आफैले मधेस विरोध भनेको  पार्टीबाट उम्मेदवर  भई आएकाले  चुवान जितेपछि जनताको नभई आफनै विकासमा लागने भएकाले नेपाली काँग्रेसलाई मतदान गर्न सर्वसाधराणलाई उहाँले अपिल गर्नुभयो ।

नव युवा (जेन–जी)हरुले उठाएको विकास र सुसाशनको मागलाई नेपाली काँग्रेसले नै पुरा गर्न सकने भएकाले  रुख छापमा मतदान गरी काँग्रेस पार्टीलाई बलियो बनाउन सबैलाई अपिल गर्नुभयो ।

 कार्यक्रममा संविधान सभाका सदस्य एवं  नेपाली काँग्रेसका पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले काँग्रेसले नेतृत्व गरेको प्रदेश होस वा महानपालिका त्याहा विकास भएको  दावी गर्नुभयो ।

नेपाली काँग्रेसले नै विकास गर्न छ भन्ने तथ्यलाई अर्थमन्त्रलायको प्रतिवेदनले समेत पुस्टि गरेको उहाँले बताउनुभयो।

नेपाल सरकारको अर्थमनत्रलायले हालै सार्वजनिक गरेको आर्थिक प्रगती प्रतिवेदनमा प्रदेशमा नेपाली काँग्रेसले नेतत्व गरेको सुदुर पश्चिम प्रदेश र महानगरपालिकमा विराटनगर महानगरपालिका अबल भएको तथ्यले समेच काँग्रेसले नै विकास गर्ने भास्यलाई पुस्टि गरेको नेता द्विवेदीले ठोकुवा गर्नुभयो । उहाँल काँग्रेस विकास गर्ने पार्टी भएकाले पर्साको क्षेत्र नं. १को विकासका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई मतदात गर्न उहाँले सबैलाई अपिल गर्नुभयो ।

नेपाली काँग्रेसको वडा नं. १५का बुथ सभापति जयमंगल कापरको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति राम नारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, पर्सा क्षेत्र नं.१का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह लगायतका वक्ताले नेपाली काँग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटा योगय सक्षम, इमान्दार व्यक्ति भएकाले रुख छापमा मतदान गरी नेपाली काँग्रसलाई विजयी अबनाउन मतदातहरुलाई अपिल गर्नुभयो।

पोडकास्ट सुन्नुहोस