२०८२ फाल्गुन २ गते, शनिबार २०:०१

बारामा नेकपालाई ठूलो झट्का: प्रदेश सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

बारा-

बारामा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मधेश प्रदेश कमिटी सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ प्रभावशाली नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।

बाराको प्रसौनी गाउँपालिकास्थित नकटुवामा आयोजित एक भव्य समारोहका बीच उनीहरूलाई राष्ट्रिय एकता दलमा स्वागत गरिएको हो। हिन्दू राष्ट्र स्थापना र सांस्कृतिक पहिचानको संरक्षण गर्ने मुख्य उद्देश्यका साथ आफूहरूले कम्युनिस्ट पार्टी छोडेर यो नयाँ अभियान रोजेको नवप्रवेशीहरूले बताएका छन्।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय एकता दलका अध्यक्ष एवं बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनय यादवले नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई टिका र माला लगाई पार्टीको सदस्यता प्रदान गर्नुभयो। स्वागत मन्तव्य राख्दै अध्यक्ष यादवले राष्ट्रिय एकता र हिन्दू राष्ट्रको मुद्दा अब जन-जनको मुद्दा बनिसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो सांस्कृतिक पहिचान संकटमा परेका बेला राष्ट्रवादी शक्तिहरू एकजुट हुनुको विकल्प छैन। रविन्द्र यादवजी जस्ता इमानदार नेताको आगमनले हाम्रो अभियानलाई अझ सशक्त बनाएको छ।”

कार्यक्रममा बोल्दै नवप्रवेशी नेता रविन्द्र यादवले लामो समय कम्युनिस्ट राजनीतिमा बिताए पनि जनताको धर्म र संस्कृतिको रक्षा गर्न राष्ट्रिय एकता दल नै सही विकल्प देखिएकाले आफूहरू यो बाटोमा लागेको स्पष्ट पार्नुभयो।

दलका प्रवक्ता दिलीप पण्डित र जिल्ला अध्यक्ष अकलेश कुशवाहाले पनि मन्तव्य राख्दै बारामा राष्ट्रिय एकता दलप्रति बढ्दो जनलहरले आगामी निर्वाचनमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला तहका नेताहरू, कार्यकर्ताहरू र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बारामा नेकपालाई ठूलो झट्का: प्रदेश सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

बारा- बारामा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको

बारामा नेकपालाई ठूलो झट्का: प्रदेश सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

बारा- बारामा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको

पोडकास्ट सुन्नुहोस