२०८२ फाल्गुन २ गते, शनिबार १९:५९

युवाको भिविश्य गगन सरकारले सुरक्षित पर्छ: उम्मेदवार रुङ्गटा

वीरगन्ज-

नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नु युवाहरुमा आक्रसन बढदै गएको छ । प्रतिनिधी सभाकालागि मतदनाको मिति नजिकिदै गर्दा युवाहरुले काँग्रेस पार्टीलाई विश्वास गरी पार्टी प्रवेश गर्न थालेकाहुन ।

वीरगन्ज हानगरपालिकाको वडा नं. ५,७ र १५मा एकैदिन यस भन्दा बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेस वडा नं. ५, ७ र १५का बुथसभापतिहरुले आयोजना गरेको कार्यक्रममा पर्साको निार्वचन क्षेत्र नं. १का लागि नेपाली काँग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटाले युवाहरुलाई अविरको टिका र गमछा ओढाई पार्टीमा स्वागत गर्नु भएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले नवयुवा(जेन–जी)हरुले उठाएको सुसाशन र विकासको मुद्दालाई नेपाली काँग्रेस पार्टीको सरकारले मात्रै पुरा गर्न सक्ने दावि गर्नुभयो । उहाँले युवा पुस्ताको आन्दोलपछि अन्यदलहरु कुरामै समय खेरा फ्याके बेला युवाहरुको भवनालाई सम्मान गर्दै नेपाली काँग्रेसले पार्टीको संरचनामा आमुल परिर्वतन गरेको बताउनुभयो ।

युवाहरुले उठाएको सुसाशनको मागलाई अन्य दलहरुले आलटाल गरेपनि नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले सहर्ष स्वीकार गर्दै देश बदलिने संकलपका साथ अगाडी बढी रहनु भएको उम्मेदवार रुङ्गटाले जानकरी दिनुभयो । उहाँले युवा पुस्ताले उठाएको रोजगारको सवालहुन होसवार वा सुसाशन र विकासका मुद्दा हुन सबैलाई काँग्रेसले अफनो घोषण पत्रमा समावेश गरेको बताउनुभयो । नेपाली काँग्रेसले विकास र सुसाशन दिन्छ यो दावी होईन, हाम्रो विगतमा जनतालाई प्रदान गरेको सेवाको ग्यारेन्टी भएकाले काँग्रेस पार्टीलाई मतदान गर्न उम्मेदवार रुङ्गटाले अपिल गर्नुभयो।

युवाको भविश्यलाई गगन थापाको कुशल र सबल नेतृत्वको सरकारले सुरक्षित गर्ने भएकाले काँग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न सबै युवारुलाई अपिल गर्नभयो । कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली काँग्रेस पार्सका पुर्वसभापति अजय कुमार द्विवेदी, उपसभापति राम नारायाण कुर्मी, क्षेत्र नं. १का क्षेत्रीय सभापति अरविन्द गुप्ता लगायतका पार्टीका नेता कार्यकर्ता तथा स्थानिय भद्रभलादमि र युवाहरुको उलेख्य उपस्थिती रहेको थियो ।

बारामा नेकपालाई ठूलो झट्का: प्रदेश सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

बारा- बारामा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको

बारामा नेकपालाई ठूलो झट्का: प्रदेश सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

बारा- बारामा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको

पोडकास्ट सुन्नुहोस