रौतहट-
रौतहटमा आज बिहान भएको दर्दनाक मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमती दुवैको ज्यान गएको छ।
दुर्गाभगवती गाउँपालिका-४ अन्तर्गत गौर गंगापिपरा सडकखण्डको झाझ पुल नजिकै बिहान करिब साढे पाँच बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३० यु १३७१ को मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका-४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए। टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी शोकाकुल बनेका छन् भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post Views: 13














