२०८२ फाल्गुन ४ गते, सोमबार २०:५६

फूलमाला र टिका लगाउँदै उम्मेदवार रुङ्गटालाई बेलवामा भव्य स्वागत

वीरगन्ज-
चुनाव प्रचारका क्रममा सोमबार बिहान बेलवा पुगेका पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटालाई स्थानीयले भव्य स्वागत गरेका छन्।

वीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवामा पुगेका उम्मेदवार रुङ्गटालाई स्थानीयवासीहरूले फूलमाला र अबिरको टिका लगाएर सम्मानपूर्वक स्वागत गरेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न अपिल गर्दै स्थानीयको आँगन–आँगनमा पुगेका रुङ्गटालाई घरकी ज्येष्ठ महिलाले माला र टिका लगाएर स्वागत गरेको स्थानीय नवल किशोर झाले जानकारी दिनुभयो।

शिक्षित, इमान्दार र योग्य व्यक्ति भोट माग्दै घरदैलोमा पुगेपछि ज्येष्ठ महिला सदस्यले उम्मेदवार रुङ्गटाप्रति आफ्नो खुसी र ऐक्यबद्धता व्यक्त गर्दै माला लगाएको उहाँले बताउनुभयो।

चुनाव प्रचारका क्रममा मतदाताका घर–घर पुगेका उम्मेदवार रुङ्गटालाई स्थानीयले हर्षित अनुहारसहित स्वागत गर्दै नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्ने आश्वासन दिएका छन्।

नेपाली कांग्रेस वडा नं. ३१ को बेलवास्थित नवका टोलबाट सुरु गरिएको घरदैलो कार्यक्रममा स्थानीय भद्रभलादमी, महिला तथा युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस