काठमाडौं –
काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेकोे छ ।
सो घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भ्रामक फोटो, भिडियो तथा अन्य सूचना तथा एआई सिर्जित श्रव्य–दृश्य सामग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंको संज्ञानमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रवक्ता भट्टराईका अनुसार अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण गर्ने कार्य पुनः अनुसन्धानको विषय बन्न सक्ने भएकाले यसप्रति सजग रहन सबैलाई अनुरोध गरिएको छ । साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा सार्वजनिक जबाफदेहिता पालन गर्ने मानविय कर्तव्य पूरा गर्न सबैसँग हार्दिक अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकहरूलाई कानुन पालन गर्ने र गलत सूचना फैलाउनबाट बच्ने चेतावनी समेत दिएको छ ।














