२०८२ फाल्गुन ७ गते, बिहीबार २१:५३

जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव

सप्तरी –

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न सङ्घीयता रक्षा र मधेशको मुक्ति आफुहरुको मूल लक्ष्य भएको बताएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको उनले बताए ।

सङ्घीयता मधेश जनविद्रोहबाट स्थापित भएको चर्चा गर्दै सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भने ‘सङ्घीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, होइन। अझैं पनि चाहेको छैन, राष्ट्रिय स्वतन्त्र पार्टीले त झन सङ्घीयता खारेज गर्ने दाउमा छ, गकभि उसले प्रदेशमा उम्मेदवारसम्म खडा गरेन, तर अधिकारसम्पन्न सङ्घीयता र मधेशको मुक्ति हाम्रो मूल लक्ष्य हो, यसका लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार छौँ ।’

मधेश प्रदेश नामांकरणका समयमा पनि कांग्रेस एमाले मधेश प्रदेश हुन नदिन जानकी, जनक आदि इत्यादिको अडानमा रहेको चर्चा गर्दै जसपा नेपालका अध्यक्ष यादवले भने ‘मधेश केन्द्रित दलहरुको दुई तिहाइ बहुमत नभएको भए मधेश र मधेशीको पहिचानमा आधारित मधेश प्रदेश बन्ने थिएन, अझैं प्रदेशलाई अधिकारसम्पन्न बनाउन हाम्रो सङ्घर्ष जारी छ ।’

देशमै पहिचानमा आधारित प्रदेश मधेश मात्र भएको चर्चा गर्दै अन्य प्रदेश नदीहरुको नामबाट हुनु अत्यन्तै अव्यवहारिक रहेको उनले बताए ।

मुलुकमा मधेशी लगायत अझैं पनि उपेक्षित उत्पीडित समुदायले अधिकारको लागि सङ्घर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको बताउँदै अध्यक्ष यादवले भने ‘

पोडकास्ट सुन्नुहोस