२०८२ फाल्गुन ७ गते, बिहीबार २०:३६

विकास र सुशासनको बाचा सहित उम्मेदवार रुङ्गटाको विर्तामा घरदैलो

वीरगन्ज-

सुशासन र विकासको प्रतिबद्धता व्यक्त गर्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले आज वीरगन्जको विर्ता क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ । उहाँले वीरगन्ज महानगरपालिका वडा नं. ४ विर्ता लगायत विभिन्न टोलका मतदाताको घरदैलोमा पुगेर रुख छापमा मतदान गर्न आग्रह गर्नुभयो।

विर्ता बजारस्थित नेपाली काँग्रेसको प्रचारप्रसार कार्यालय उद्घाटनपछि उम्मेदवार रुङ्गटा वडाबासिन्दाको दैलोमा मत माग्न पुग्नुभएका थियो । वडा नं. ४ का वडाध्यक्ष जगत साहको अगुवाइमा सम्पन्न घरदैलो कार्यक्रममा उहाँले सुशासन र विकासका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आह्वान गर्नुभयो। मतदातासँग कुराकानी गर्दै उहाँले संविधान निर्माणदेखि विकास र समृद्धिसम्म काँग्रेसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै रुख छापमा मतदान गर्न आग्रह गर्नुभयो।

घरदैलो कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार रुङ्गटाले जनकपुरमा नेपाली काँग्रेसका सभापति गगन थापाले सार्वजनिक गर्नुभएको ‘भिजन–१०’ ले आम मतदातामा विश्वासको वातावरण सिर्जना गरेको दाबी गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, नवप्रवेशी बसरुद्दिन अन्सारी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, नगर सभापति मनिन्द्रलाल नेपाली, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, भोला साह कलवार, महाधिवेशन प्रतिनिधि लक्ष्मी नेपाल, प्रकाश उपाध्याय, किरण सरकार, दिनेश पन्तलगायत नेता–कार्यकर्ता तथा स्थानीय भद्रभलादमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस