२०८२ चैत्र २३ गते, सोमबार १७:४७

चुनावी मैदानमा अग्रपंक्तिमा अनिल कुमार रुङ्गटा, घरदैलो अभियानमा तीव्रता

वीरगन्ज-

निर्वाचनको मिति नजिकिँदै जाँदा अनिल कुमार रुङ्गटाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार रुङ्गटाले शुक्रबार वीरगन्ज महानगरपालिका वडा नं. ७ र ५ का मतदाताको घरदैलोमा पुगेर पार्टीको ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो।

घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्गटाले वीरगन्जको खस्कँदो विकास र रोकिएको समृद्धिको यात्रालाई पुनः गति दिन नेपाली कांग्रेसलाई अवसर दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा सुलभ स्वास्थ्य सेवा नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्दै ‘रुख’ छापमा मतदान गर्न अपिल गर्नुभयो।

उम्मेदवार रुङ्गटासँगको भेटमा स्थानीय मतदाताहरूले लामो समयदेखि अवरुद्ध विकासलाई अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसप्रति सकारात्मक प्रतिबद्धता जनाएका थिए।

वडा नं. ७ का बुथ सभापति सुरेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभाक सदस्य एवं नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, बसरुद्दिन अन्सारी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, नगर सभापति मनिन्द्रलाल नेपाली, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, भोला साह कलवार, महाधिवेशन प्रतिनिधि लक्ष्मी नेपाल, प्रकाश उपाध्याय, किरण सरकार, दिनेश पन्त लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवार अनिल कुमार रुङ्गटाको सक्रियता र प्रत्यक्ष जनसम्पर्कले क्षेत्र नं. १ मा चुनावी माहोल थप उत्साहित बन्दै गएको देखिएको छ।

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

पोडकास्ट सुन्नुहोस