२०८२ चैत्र १८ गते, बुधबार १५:०९

दुई-तिन साता भित्र इरान युद्ध अन्त्य हुन सक्ने : सहयोगी देशलाई ट्रम्पको चेतावनी-‘आफ्नै तेल खोज्नुस्’

काठमाण्डौ-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण दुईदेखि तीन हप्ताभित्र रोक्न सकिने बताएका छन्। उनले ऊर्जा आपूर्ति अवरुद्ध भई विश्व अर्थतन्त्र प्रभावित बनेको यस युद्ध अन्त्य गर्न कुनै सम्झौता आवश्यक नपर्ने पनि स्पष्ट पारेका छन्।

अलजजिरासँगको संवादमा ट्रम्पले अमेरिका छिट्टै युद्धबाट बाहिरिन सक्ने संकेत दिएका हुन्। उनले भने, “हामी धेरै छिट्टै बाहिरिनेछौं,सायद दुई हप्ता, सायद तीन।”

तर यसैबीच इरानका विदेशमन्त्री अबास अराक्चीले अमेरिका र इरानबीच कुनै पनि वार्ता नभइरहेको बताएका छन्। प्रत्यक्ष र अप्रत्यक्ष सन्देश आदानप्रदान भइरहे पनि औपचारिक वार्ता सुरु नभएको उनको भनाइ छ। अमेरिका र इजराइलले इरानमाथि आक्रमण सुरु गरेको करिब पाँच हप्ता बितिसकेको छ।

यसअघि इरान वार्तामा रहेको र सम्झौताका लागि “अनुनय गरिरहेको” दाबी गरेका ट्रम्पले अहिले भने आफ्नो धारणा परिवर्तन गरेका देखिन्छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, “इरानले सम्झौता गर्नैपर्छ भन्ने छैन।”

उनले थपे, “जब हामीले महसुस गर्छौं कि इरान लामो समयका लागि पूर्ण रूपमा कमजोर भइसकेको छ र उसले परमाणु हतियार बनाउन सक्दैन, तब हामी बाहिरिन्छौं।”
तर इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको र कहिल्यै परमाणु हतियार नबनाउने अडान दोहोर्याउँदै आएको छ।

विदेश नीति विज्ञ ट्रिटा पेरिशले ट्रम्पका भनाइलाई सावधानीपूर्वक लिनुपर्ने बताएका छन् । उनका अनुसार, “यो युद्ध सजिलै अन्त्य हुने खालको छैन। सुरुमा चार दिन भनियो, त्यसपछि तीन हप्ता भनियो, अहिले फेरि २-३ हप्ताको कुरा भइरहेको छ।” उनले युद्धको समयसीमा लगातार लम्बिँदै गएको र अमेरिका यसमा पूर्ण नियन्त्रणमा नरहेको टिप्पणी गरेका छन्।

यसैबीच, इरानले खाडी क्षेत्रका तेल संरचनामा आक्रमण गरेपछि र हर्मुज जलडमरूमध्यमार्फत आपूर्ति प्रभावित भएपछि अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलरभन्दा माथि पुगेको छ। विश्वको करिब पाँचौं हिस्सा तेल र एलएनजी यही मार्ग हुँदै बग्ने भएकाले यसको असर विश्व बजारमा परेको छ।

तनाव थपिँदै जाँदा ट्रम्पले सहयोगी देशहरूमाथि पनि असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उनले बेलायतजस्ता देशलाई लक्षित गर्दै भने, “यदि अमेरिका सहयोग नगर्ने हो भने तपाईंहरूले आफैं लड्न सिक्नुपर्छ। अमेरिका अब सधैं सहयोग गर्न आउने छैन।”

उनको कडा सन्देश थियो,“आफ्नो तेल आफैं खोज्नुस्!” (अलजजिरा)

दुई-तिन साता भित्र इरान युद्ध अन्त्य हुन सक्ने : सहयोगी देशलाई ट्रम्पको चेतावनी-‘आफ्नै तेल खोज्नुस्’

काठमाण्डौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण दुईदेखि तीन हप्ताभित्र रोक्न

दुई-तिन साता भित्र इरान युद्ध अन्त्य हुन सक्ने : सहयोगी देशलाई ट्रम्पको चेतावनी-‘आफ्नै तेल खोज्नुस्’

काठमाण्डौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण दुईदेखि तीन हप्ताभित्र रोक्न

पोडकास्ट सुन्नुहोस