२०८२ चैत्र २३ गते, सोमबार १६:४०

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज-

कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा निधन भएको छ। यादवको निधनपछि राष्ट्रिय एकता दल र विभिन्न धार्मिक संघ-संस्थाहरूले सरकारको कडा आलोचना गर्दै आन्दोलनको चेतावनी दिएका छन्।

राष्ट्रिय एकता दलले एक प्रेस विज्ञप्ति जारी गर्दै यादवको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। दलका केन्द्रीय अध्यक्ष विनय यादवले शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतन्त्रको उपहास भएको बताउनुभयो। दलले सरकारसमक्ष ५ बुँदे माग अघि सारेको छ:

१. स्वर्गीय अरुण यादवलाई तत्काल ‘शहीद’ घोषणा गरियोस्।

२. मृतकको परिवारलाई उचित क्षतिपूर्ति र जीवनभरि पालनपोषणको व्यवस्था होस्।

३. गोली प्रहार गर्ने प्रहरीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गरियोस्।

४. धार्मिक आस्थामाथि आक्रमण गर्ने (मन्दिर तोडफोड गर्ने) दोषीहरूलाई तत्काल पक्राउ गरियोस्।

५. देशभर धार्मिक सद्भाव कायम गर्न प्रभावकारी कदम चालियोस्।

“हिन्दू समाजका लागि कालो दिन”: सन्तोषानन्द महाराज

आम जनता पार्टीका नेता एवं धार्मिक व्यक्तित्व सन्तोषानन्द महाराजले सामाजिक सञ्जाल फेसबुकमार्फत यस घटनालाई ‘हिन्दू समाजका लागि कालो दिन’ को संज्ञा दिनुभएको छ। यादवको तस्बिर सेयर गर्दै उहाँले लेख्नुभएको छ- “आफ्नो धर्म-संस्कृतिको रक्षाका लागि शहीद नै हुनुपर्ने? धर्मनिरपेक्षताले हामीलाई दिएको पीडादायी क्षण यही हो, अब पनि सचेत हुनुहोस्।”

केही दिनअघि बरगदामा रहेको मन्दिरमा तोडफोड भएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका थिए। सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए। “धर्म, राष्ट्र र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने” भन्दै राष्ट्रिय एकता दलले नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ। यस घटनाले कपिलवस्तु लगायत देशभरको धार्मिक र राजनीतिक माहौल तताएको छ।

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

पोडकास्ट सुन्नुहोस