काठमाडौँ –
सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भइरहँदा त्यसको स्रोतबारे मौनता देखिएको भन्दै हर्क साम्पाङले कडा प्रश्न उठाएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले सम्पत्ति मात्र देखाएर नपुग्ने, त्यसको स्रोत पनि स्पष्ट गर्नुपर्ने माग गरेका छन्। “स्रोतबिनाको सम्पत्ति अन्ततः घुमाइफिराइ गरिएको भ्रष्टाचारकै संकेत हुन सक्छ,” भन्ने उनको स्पष्ट धारणा छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले लेखेका छन् ।
“सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो। अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो। स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ। स्रोत प्रष्ट्याइदिनु पर्छ।”
उनको यो अभिव्यक्तिले सरकारको पारदर्शिता र जवाफदेहितामाथि फेरि बहस चर्किएको छ। अब प्रश्न उठेको छ , के सरकार सम्पत्तिको स्रोत खुलाउन तयार छ ?













