काठमाडौं —
संसदीय समितिमा ग्यास उद्योगीहरूप्रति दिएको विवादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचना खेपिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले पुष्टि गरेका हुन्।
बुधबार बसेको प्रतिनिधि सभाको संसदीय समिति बैठकमा मन्त्री यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन’ भन्ने टिप्पणी गरेकी थिइन्।
उक्त भनाइलाई गैरजिम्मेवार र आपत्तिजनक भन्दै निजी क्षेत्रका साथै नेपाल उद्योग वाणिज्य महासंघले कडा विरोध जनाएका थिए। तीव्र आलोचना र बढ्दो प्रशासनिक तथा राजनीतिक दबावपछि मन्त्री यादव पद त्याग्न बाध्य भएकी हुन्।











