२०८३ आश्विन २५ गते, आईतवार १८:३१

वीरगन्जमा भव्यताका साथ दोस्रो ‘गहवामाई चुनरी यात्रा’ सम्पन्न, देशमा शान्ति र स्थिरताको कामना


वीरगन्ज —

विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिको आयोजनामा आज वीरगन्जमा भव्य रूपमा दोस्रो ‘गहवामाई चुनरी यात्रा’ निकालिएको छ।

​वीरगन्जको प्रसिद्ध माइस्थान (गहवामाई मन्दिर) बाट आज दिउँसो २ बजे सुरु भएको उक्त यात्राका क्रममा १५१ मिटर लामो चुनरी माता गहवामाईलाई अर्पण गर्दै नगरका विभिन्न भागको परिक्रमा गरिएको थियो। यात्रामा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​कार्यक्रमबारे जानकारी दिँदै विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्टाले देशमा आइपर्ने विभिन्न विपत्तिहरूबाट मुक्ति र राजनीतिक स्थिरताको कामना गर्दै विगत दुई वर्षदेखि चुनरी यात्राको परम्परा बसालिएको बताउनुभयो।

​नगर परिक्रमाका क्रममा भक्तजनहरूले माता गहवामाईको जयकारा लगाउँदै धार्मिक भक्तिभावका साथ यात्रालाई भव्य र सभ्य रूपमा सम्पन्न गरेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस