२०८२ श्रावण १४ गते, बुधबार २०:०९

काठमाडौँ-

बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन र उनको पार्टीका अन्य फरार नेता पक्रन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ।

बीबीसी हिन्दीका अनुसार बंगलादेशको अन्तरिम सरकारले उनीहरूविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह गरेको छ।

बंगलादेशमा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ७०० भन्दा बढी जनाको मृत्यु भएको थियो।

गत जुलाई र अगस्टमा भएको उक्त आन्दोलन दबाउन हसिना र अन्य फरार अवामी लिगका नेताहरूले आदेश दिएको आरोप छ।

नयाँ अन्तरिम सरकारले हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोप लगाएको छ।  आन्दोलन खेप्न नसकेर तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि अगस्ट ८ मा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।

प्रतिक्रिया

शिक्षा, स्वास्थ्य र मानव सूचकाङ्कमा सरकारले गरेको प्रगतिको कारण विकासशील राष्ट्रमा स्तरोन्नति सम्भवः प्रधानमन्त्री

काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील

शिक्षा, स्वास्थ्य र मानव सूचकाङ्कमा सरकारले गरेको प्रगतिको कारण विकासशील राष्ट्रमा स्तरोन्नति सम्भवः प्रधानमन्त्री

काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील

पोडकास्ट सुन्नुहोस