२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

ग्लोबल बिजनेस कलेजले रक्तदान कार्यक्रम आयोजना गर्यो, १०६ जनाले सहभागिता जनाए

वीरगन्ज-

ग्लोबल बिजनेस कलेजले आज ओम आश्रममा रक्तदान कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा २२ जना महिला सहित कूल १०६ जनाले रक्तदान गरेका छन्।

यस रक्तदान कार्यक्रममा एलिसा समानी, कृतिका पटेल, पूजा पटेल, पुष्पा कुमारी पटेल, मुस्कान कुमारी चौधरी, खुशी गुप्ता, मृदुला भट्टराई, आशा कुमारी, भूमि सिन्हा, खुशी कुमारी यादव, लक्ष्मी श्रेष्ठ लगायत २२ जना महिला र ८४ जना पुरुषले रक्तदान गरेका छन्। रक्तसञ्चार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहले यसको जानकारी दिए।

कार्यक्रममा ग्लोबल बिजनेस कलेजकी सञ्चालक सदस्य निभा दास, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वृजकिशोर पटेल, रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख शौरभराज पाण्डे, कलेजका निर्देशक अशोक जयसवाल, ओम श्रेष्ठ, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दीलिपराज कार्की लगायतको उपस्थिति रहेको छ।

नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले कार्यक्रमको सफलताका लागि सहभागीहरू, आयोजक तथा सहयोगीहरूलाई धन्यवाद जनाए। उनले रक्तदान जस्ता सामाजिक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने बताए।

ग्लोबल बिजनेस कलेजले यस्ता सामाजिक कार्यक्रमहरू मार्फत विद्यार्थीहरूलाई समाजसेवाको महत्व बुझाउन र सहभागिता बढाउन लगाएको छ। कलेजका निर्देशक अशोक जयसवालले रक्तदान जस्ता कार्यक्रमहरूले मानवताको सेवा गर्ने अवसर प्रदान गरेको बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना रहेको जानकारी दिए।

यस कार्यक्रमले समाजमा रक्तदानको महत्व र आवश्यकतालाई पनि उजागर गरेको छ। रक्तदान गर्ने सहभागीहरूले पनि यसले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस