२०८३ बैशाख २ गते, बुधबार ०९:४०

वीरगन्जमा “राजा आउँ, देश बचाउ”को नारा लिएर रैली

वीरगन्ज—

पूर्व राजा ज्ञानेन्द्र शाहबाट देश र देशवासीको नाममा दिइएको संदेशको स्वागत गर्दै शुक्रबार वीरगन्जको घण्टाघरमा मध्यमाञ्चल बासी नेपाली जनता र राष्ट्रवादी संयुक्त मोर्चाले एक ठूलो स्वागत रैली निकालेका छन्। यस रैलीमा “राजा आउँ, देश बचाउ” को नारा लिएर नगर परिक्रमा गरिएको थियो।

बाजा-गाजा सहित निकालिएको उक्त रैलीमा राजावादीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रैलीमा सहभागीहरूले राजतन्त्र पुनःस्थापना गरी देशलाई संकटमुक्त बनाउन आह्वान गरेका थिए।

कार्यक्रमका आयोजकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहबाट दिइएको संदेशलाई देशको वर्तमान राजनीतिक अवस्थामा एक महत्वपूर्ण कदम बताउँदै यसले जनतालाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरेका छन्। उनिहरूले राजालाई देशको एकताको प्रतीकको रूपमा हेरेर उनको नेतृत्वमा देशलाई अगाडि बढाउन आवश्यक रहेको बताए।

यस अवसरमा सहभागीहरूले देशभरि राजतन्त्र पुनःस्थापनाको मागलाई अझ बलियो बनाउने प्रतिबद्धता जाहेर गरेका थिए। उनीहरूले राजतन्त्र नै देशलाई स्थिरता, शान्ति र विकासको मार्गमा अग्रसर बनाउन सक्ने दाबी गरेका छन्।

यो रैली राजतन्त्र पुनःस्थापनाको मागलाई लिएर हालै बढ्दो गतिविधिहरू मध्ये एक हो। देशभरि राजावादीहरूले यस्ता कार्यक्रमहरू गर्दै आएका छन् भने यसले राजनीतिक गलियारामा पनि चासो बढाएको छ।

राजतन्त्र पुनःस्थापनाको मुद्दा लिएर हालैका दिनमा धेरै राजनीतिक दल र नागरिक समाजले यसलाई गम्भीरतापूर्वक छलफलको विषय बनाउन आग्रह गरिरहेका छन्। यसैबीच, यस्ता रैलीहरूले राजतन्त्र पुनःस्थापनाको मागलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस