२०८३ असार २० गते, शनिबार ११:५१

भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनैपनि व्यवस्था लामो समय जाँदैनः कानूनमन्त्री चौरसिया

काठमाडौं-

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनैपनि व्यवस्था लामो समय अघि बढ्न नसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा वागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तरसंवाद र कानूनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले तीन तहको सरकार रहेको र तीन तहकै सरकारले आफ्नो दायित्वअनुसार अघि बढिरहेको बताउनु भयो ।

उहाँले संघले, प्रदेशले र स्थानीय तहले जनताले चाहेको अनुकुल शासन पद्धति चलेको छ की छैन ? कानून लागू भएको छ की छैन ? आवश्यकताअनुसार कानून संशोधन भएको छ की छैन भन्नेकुराको चाहना राख्नु आम जनताको सरोकारको विषय भएको बताउनु भयो । उहाँले कानून जनताको लागि बनाइने र कानूनले सरकार पनि अनुसशासनमा रहने जिकिर गर्नुभयो । उहाँले  संसदीय प्रणालीमाथि आक्रमण गर्ने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने भुमिका कसैले गर्न नहुने बताउनु भयो । देशमा व्याप्त भ्रष्टाचारलाई कसरी न्युनिकरण गर्न सकिन्छ ? भन्नेकुरा सबैको दायित्वभित्र पर्ने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस