२०८२ असार १६ गते, सोमबार २०:३५

कोशी प्रदेशमा हालैका दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • कोशी प्रदेशमा कोरोना संक्रमण फेरि बढ्दो अवस्थामा रहेको समयमा नोबेल शिक्षण अस्पतालमा एक संक्रमित महिलाको मृत्यु भएको छ।
  • इलामकी ३९ वर्षीया महिलामा श्वासप्रश्वास र ज्वरोका लक्षण देखिएपछि कोभिड पुष्टि भएको र उपचारकै क्रममा निधन भएको हो।
  • प्रदेशमा हाल ८ जना सक्रिय संक्रमित रहेका छन्, जसमा झापाका ४, मोरङ र इलामका २–२ जना छन्, जसले जोखिम कायमै रहेको देखाउँछ।

 विराटनगर-

कोशी प्रदेशमा कोरोना संक्रमणका घटनाहरू बढ्दै गइरहेको समयमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। इलाम, सूर्योदया नगरपालिकाकी ३९ वर्षीया ती महिलाको मंगलबार बिहान अस्पताल भर्ना भएलगत्तै आकस्मिक कक्षमा उपचारका क्रममा निधन भएको हो।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, मृतक महिलालाई करिब सात दिनदेखि श्वासप्रश्वासमा समस्या र ज्वरो आउने जस्ता स्वास्थ्य जटिलताहरू देखिएका थिए। सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गर्दा उनमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई नोबेल अस्पतालमा रिफर गरिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो। शवलाई हाल प्रहरीको जिम्मा लगाइएको छ।

कोशी प्रदेशमा हालैका दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार, हाल कोशी प्रदेशभरि ८ जना सक्रिय कोरोना संक्रमित छन्। तीमध्ये झापाका ४ जना, मोरङ र इलामका २–२ जना रहेका छन्। यो घटनाले कोशी प्रदेशमा कोरोना भाइरसको जोखिम अझै कायम रहेको पुष्टि गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस