२०८३ भाद्र १४ गते, आईतवार २२:४८

उच्चस्तरीय समितिले भिजिट भिसा प्रकरणबारे गम्भीर ढङ्गले छानबिन गर्नुपर्छः माओवादी केन्द्र

राज्यका निकायहरूमा विगतदेखि वर्तमानसम्म देखिएका समस्याहरूको सत्य तथ्य ढङ्गले अध्ययन गरी समितिले जनताको भावनाअनुसार सुझाव तथा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने जिकिर गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा गठित छानबिन समितिले गम्भीर, निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्ने बताए।
  • ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्स र कूटनीतिक निकाय समेत संलग्न भएको भन्दै व्यापक छानबिन आवश्यक रहेको उल्लेख गरे।
  • समितिले जनताको भावना र सत्य तथ्यका आधारमा प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिँदै प्रतिपक्षीको तर्फबाट निरन्तर खबरदारी हुने बताए।

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसासम्बन्धी देखिएका समस्याहरूलाई अध्ययन तथा छानबिन गर्न एकातिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको बताउनु भयो ।

उहाँले अख्तियार र उच्चस्तरीय समितिको छानबिन निष्पक्ष, पारदर्शी, प्रमाण र तथ्य सङ्गत होस् भन्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले उक्त प्रकरणहरूमा ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सदेखि कुटनीतिक नियोगका पदाधिकारीहरू समेत जोडिएको मिडियाहरूमा आएको बताउँदै यसको छानबिन उच्चस्तरीय छानबिन समितिले गर्ने बताउनु भयो ।

उहाँले राज्यका निकायहरूमा विगतदेखि वर्तमानसम्म देखिएका समस्याहरूको सत्य तथ्य ढङ्गले अध्ययन गरी समितिले जनताको भावनाअनुसार सुझाव तथा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले सार्वजनिक रूपमा जनताले निगरानी गरिरहने र गम्भीर ढङ्गले छानबिन भएन र अविश्वासहरू पैदा हुने बताउँदै प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि खबरदारी गरिराख्ने उल्लेख गर्नुभयो ।

उहाँले उच्चस्तरीय छानबिन समितिले आफ्नो टिओआरअनुसार समक्ष ढङ्गले काम सम्पन्न गरोस् भन्ने कामना रहेको बताउनु भयो ।

प्रतिक्रिया

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

पोडकास्ट सुन्नुहोस