२०८२ असार १६ गते, सोमबार २०:२६

नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयको प्रस्तावित O&M (Organization and Management) को विरोधमा माईतीघर मण्डलामा प्रदर्शन गरेको छ।
  • प्रदर्शनकारीहरूले रेडियोग्राफी पेशा मेट्ने नीतिको विरोध गर्दै दरबन्दी कायम गर्न र प्रस्ताव संशोधन गर्न माग गरेका छन्।
  • O&M फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै, रेडियोग्राफरको आवाज सुन्न आग्रह गर्दै प्लेकार्डसहित प्रदर्शन गरिएको हो।

काठमाडौं –

नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ ।

मंगलवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए । उनीहरुले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् ।

कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताउनु भयो । आफूहरुको दरबन्दी कायम गर्न माग गरिरहेको बताउनु भयो । ओएनएम फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

प्रदर्शनमा सहभागी भएकाहरुले स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने बेला भयो, रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस