२०८२ आश्विन २० गते, सोमबार १६:२१

सामाजिक सञ्जाल दर्ता गर्न तीन पटक आह्वान गर्‍यौँ, सधैँ मौन बस्न सक्दैनौँः सञ्चारमन्त्री

विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरुसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता नगर्ने सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताउनुभएको छ।
  • तीन पटकको आह्वानपछि पनि दर्ता नभएको भन्दै सामाजिक सञ्जाल नियमन गर्न विधेयक तयार गरिएको उहाँले जानकारी दिनुभयो।
  • नेपालको कानून नमान्ने सामाजिक सञ्जाललाई मान दिइराख्न नसकिने भन्दै विधेयक पास भएपछि समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौं –

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताउनुभएको छ ।

सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक निर्माण गरिरहेको बताउनु भयो । उहाँले विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरुसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको बताउनु भयो ।

सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानून मान्नुपर्ने भन्दै विधेयक पास भएसँगै यसको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको कानून नमान्नेहरुलाई सधैँ मान दिएर राख्न नसकिने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस