२०८२ असार १६ गते, सोमबार २१:३७

आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुनः समिक्षा गर्न आग्रह गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सांसद प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयातित वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताएका छन्।
  • उनले भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योग प्रतिस्पर्धी बन्न नसक्ने जिकिर गरे।
  • सुनमा लगाइएको विलासी करबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको भन्दै, आन्तरिक उत्पादनको प्रवर्द्धनका लागि आयातित वस्तु महँगो बनाउनुपर्नेमा जोड दिए।

काठमाडौं –

नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयाति वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन आयातित वस्तुहरू महँगो बनाउनु जरुरी रहेको बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुनः समिक्षा गर्न आग्रह गर्नुभयो ।

भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन नसकिने उहाँको भनाइ छ । सांसद महतले सुन नेपालीका लागि लक्जरी नभई संकटको बेला तुरुन्तै नगदमा रूपान्तरण गर्न सकिने भएको उल्लेख गर्दै त्यसमा लगाइएको विलासी करबारे समेत पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले आन्तरिक उत्पादनको प्रयोगलाई बढावा दिन आयातित वस्तुहरुलाई महंगो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस