२०८२ चैत्र २३ गते, सोमबार ००:०४

३५ लाख नभई जनमतबाट चुनाव लड्न नपाइने !

वीरगन्ज-

जनमत पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने व्यक्तिले निर्वाचन आयोगले तोकेको सीमाभित्र कम्तीमा ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्नुपर्ने मापदण्ड राखेको छ।

पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले लोकान्तरलाई दिएको जानकारीअनुसार यो रकम निर्वाचन प्रचार-प्रसार समितिमा निर्वाचनअघि नै जम्मा गर्नुपर्नेछ। बैंक स्टेटमेन्ट वा अन्य प्रमाण पेस गरेर उम्मेदवारले आफूले सो रकम खर्च गर्न सक्ने क्षमता देखाउनुपर्ने उनले बताए।

समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनेले पनि प्रत्यक्ष उम्मेदवारको चुनावमा आर्थिक सहयोग गर्नुपर्ने तथा ७७ वटै जिल्लामा पार्टीको निर्देशनमा प्रचार गर्न खटिँदा लाग्ने गाडी, खाना-बस्नेलगायत सबै खर्च आफैं बेहोर्नुपर्ने सर्त राखिएको छ।

यसबाहेक आवेदन दिनेले पार्टीको सदस्यता लिएको प्रमाण, पहिले कुनै पार्टीमा आबद्ध भएको भए त्यसको विवरण, राजनीतिक पृष्ठभूमि, जित्ने आधार र रणनीति उल्लेख गर्नुपर्नेछ। सिफारिस गर्ने व्यक्ति भए उनको नाम-ठेगाना पनि खुलाउनुपर्ने जनमतले जनाएको छ।

सबै मापदण्ड पूरा गरेका आवेदकहरूमध्येबाट पार्टीको केन्द्रीय कार्यकारिणी समिति र सचिवालयले अन्तिम उम्मेदवार छनोट गर्नेछ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस