२०८२ माघ २७ गते, मंगलवार ०३:५६

बङ्गलादेशमा मानवताको हत्या: हिन्दू युवालाई रुखमा बाँधेर जिउँदै जलाइयो

एजेन्सी-

बँगलादेशमा हिन्दू युवालाई बानेर जिउँदै जलाएर मारिएको छ । दीपु चन्द्र दास नामका ती युवालाई दुवालिन पारा क्षेत्रमा भीडले जिउँदै जलाएको हो ।

बिहिबार साँझ भीडले युवकलाई समातेर रुखमा बाँधेर जिउँदै जलाएको भालुका प्रहरी स्टेशनका ड्युटी प्रमुख रिपोन मियाको भनाई उदृत गर्दै बीबीसी बँगलाले लेखेको छ । प्रहरीले शवलाई नियन्त्रणमा लिएर अस्पताल पठाएको छ ।

बँगलादेशका भारतविरोधी युवा नेता सरिफ ओसमान हदीमाथि गोली प्रहार भएर उपचारका क्रममा सिंगापुरमा निधनपछि हिंसा भड्किएको छ । यस क्रममा अल्पसंख्यक हिन्दूमाथि हमला चलिरहेको छ ।

बँगलादेशमा युवा आन्दोलनपछि नोबल पुरस्कार विजेता मोहम्मद युनुस सरकार प्रमुख छन् । उनी हिन्दूप्रति कठोर नीति राख्छन् । पछिल्लो समय हिन्दूमाथि एकपछि अर्को हमला चलिरहेको छ ।

पोडकास्ट सुन्नुहोस