काठमाडौं –
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताउनुभएको छ । शुक्रवार ११ औ महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, साच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनशासनमा रहेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरित नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि नेता, कार्यकर्तालाई निर्देश गर्नुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वार्थ विपरितका गतिविधि पार्टीका कुनैपनि समस्यले गरे सह्य नहुने समेत बताउनु भयो ।
Post Views: 99














