२०८२ पुष ९ गते, बुधबार १८:४०

बहुदरामाई नपाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तफासहित तीन जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर

वीरगन्ज-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सडक मर्मतसम्बन्धी ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आ.व. २०८०/८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत बहुदरमाई नगरपालिकाले बौरिया प्रवेशद्वारदेखि नारायणी माध्यमिक विद्यालयसम्मको सडक मर्मत कार्यका लागि सार्वजनिक खरिद ऐन, २०६३ विपरीत ठेक्का प्रक्रिया अगाडि बढाइएको अख्तियारको आरोप छ ।

आयोगका अनुसार नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेख मुसाफिर, सह–लेखापाल उपेन्द्र कुमार साह तथा जनप्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहबीच मिलेमतो गरी सूचना प्रकाशनसम्बन्धी कार्यमा झुट्टा बिल, भरपाई र कागजात तयार पारिएको थियो ।

सूचना राष्ट्रियस्तर वा स्थानीय स्तरका सञ्चारमाध्यममा प्रकाशन गर्नुपर्ने प्रावधान हुँदाहुँदै एउटै दैनिक पत्रिकामा मात्र सूचना प्रकाशन गरी प्रतिस्पर्धा सीमित गरिएको, सूचनाको विवरण लुकाई सार्वजनिक रूपमा वितरण नगरी नगरपालिकालाई आर्थिक हानि पुर्‍याइएको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार सो कार्यबाट जनप्रतिबिम्ब दैनिकलाई रु. ६५ हजार भुक्तानी दिइएको पाइएपछि सो रकमलाई बिगो कायम गर्दै दोषीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना तथा बिगो असुल उपर हुने मागदाबी गरिएको छ ।

उक्त मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेख मुसाफिर तथा सह–लेखापाल उपेन्द्र कुमार साहमाथि पदको दुरुपयोग गरी आर्थिक लाभ लिएको अभियोग लगाइएको छ भने जनप्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहमाथि मुख्य कसुरदारलाई सहयोग पुर्‍याएको अभियोग लगाइएको अख्तियारले जनाएको छ ।

अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा सो मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरिएको उल्लेख गरिएको छ ।

पोडकास्ट सुन्नुहोस