२०८३ जेष्ठ ७ गते, बिहीबार १२:२०

राहदानी लगायतका कागजात वडा तहबाटै उपलब्ध गराउने तयारी

काठमाडौँ –

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लगायतका कागजातहरू लिने कामका ठगी लगायतका विभिन्न खालका झमेला व्यहोर्नु परिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको बताएका हुन् ।

उनले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नु पर्ने भएपछि नेपाली युवाहरू श्रमको खोजीको बिदेसिन बाध्य हुनु परेको बताए ।

उनले राज्यले श्रमिकहरूको हितमा काम गर्न नसक्दा उनीहरूले दलालहरूको फन्दा फस्नुपर्ने अवस्था आएको समेत स्मरण गराए ।

मन्त्री भण्डारीले राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको समेत बताएका छन् ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस