२०८२ पुष २९ गते, मंगलवार १८:५९

तमलोपाका पूर्व जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी रास्वपा प्रवेश, पर्सामा पार्टी प्रवेशको लहर

पर्सा-

पर्सा जिल्लाका पुराना राजनीतिक नेता एवं तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का पूर्व जिल्ला सभापति योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

वीरगन्जस्थित कन्ट्री इन होटलमा आज आयोजित एक विशेष कार्यक्रमका बीच तत्कालीन गोविन्दपुर गाविसका पूर्व अध्यक्ष समेत रहेका कुर्मीलाई रास्वपा पर्साका सभापति हरि पन्तले माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो। कुर्मीसँगै वीरगन्ज महानगरपालिका वडा नं. १५ का युवा नेता लालबाबु कुमार यादवले पनि रास्वपाको सदस्यता ग्रहण गर्नुभएको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै सभापति हरि पन्तले पर्सा जिल्लामा रास्वपाप्रति आम जनताको आकर्षण बढ्दै गएको र पार्टी प्रवेश गर्नेहरूको लहर चलेको बताउनुभयो। उहाँले आसन्न निर्वाचनका बारेमा टिप्पणी गर्दै भन्नुभयो, “यसपालि सम्पूर्ण पर्साबासी एक ढिक्का भएर परिवर्तनको पक्षमा उभिएका छन्। यो चुनावमा अब रक्सी, मासु र पैसाको जोर चल्ने छैन, जनताले सचेत भई ‘बलेन सरकार’ बनाउन संकल्प गरिसकेका छन्।”

पार्टी प्रवेश कार्यक्रममा रास्वपाका जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी र जितेन्द्र मिश्रा, पोखरिया नगर सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी र सोनललाल कुर्मी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लामो समय मधेश केन्द्रित राजनीतिमा सक्रिय रहेका योगेन्द्र प्रसाद कुर्मीको रास्वपा प्रवेशलाई पर्साको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

वीरगन्जमा जातीय विभेद अन्त्यका लागि सामूहिक भोज: हिन्दू सम्राट नेपालको मञ्चमा पत्रकार र अभियन्ताहरूको ऐक्यवद्धता

वीरगन्ज- वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल,

वीरगन्जमा जातीय विभेद अन्त्यका लागि सामूहिक भोज: हिन्दू सम्राट नेपालको मञ्चमा पत्रकार र अभियन्ताहरूको ऐक्यवद्धता

वीरगन्ज- वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल,

पोडकास्ट सुन्नुहोस