२०८२ माघ ५ गते, सोमबार १९:४२

ठगीका मुद्दाबारे रास्वपा सभापति लामिछाने भन्छन्– जनताको मुद्दा बोकेर हिँडेको मान्छे, लड्दै गरौँला

जनकपुर-

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने आफू जनताको मुद्दा बोकेर हिँडेको दाबी गर्दै आफूमाथि लागेका मुद्दाको कुनै प्रवाह नभएको टिप्पणी गर्नुभएको छ ।
सोमवार जनकपुरधाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गत निर्वाचनमा चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसदबाट बाहिरिनुपरेको बताउनु भयो । उहाँले आसन्न निर्वाचनबाट रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी पनि गर्नुभयो । उहाँले जनताको समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको दाबी गर्दै पार्टीले परिवर्तनका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँ पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र आफूबीच पाँच मिनेटमै एकताको टुंगो लागेको दाबी पनि गर्नुभयो । उहाँले सबैलाई वर्ग र समूदायका समस्याको सम्बोधन गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै आउँदो चुनावमा बहुमतले जिताइदिन मधेशवादीलाई आग्रह पनि गर्नुभयो ।

पोडकास्ट सुन्नुहोस