२०८२ माघ ६ गते, मंगलवार १८:५६

एमाले अध्यक्ष ओलीले झापा–५ मा मनोनयन दर्ता गराए

काठमाडौं-

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

उहाँले मंगलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । मनोनयनका लागि ओली सोमवार नै झापा जानुभएको थियो । मनोनयन दर्ताअघि उहाँले जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गर्नुभयो ।

झापा–५ ओलीको गृह क्षेत्र हो । जहाँ उहाँले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गर्नुभएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराउनुभएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ ।

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस