वीरगन्ज-
वीरगन्ज महानगरपालिकाको अपौनिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङ्गटा ले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर-१ का उम्मेदवार रुङ्गटा बिहानै नागरिकको घरआँगनमा पुगेर रुख छापमा मतदान गर्न आग्रह गरिरहेका छन्।
आज वीरगन्ज महानगरपालिका-२० हरपतगञ्जस्थित अपौनिमा आयोजित घरदैलो कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा सुधार, रोजगारी सिर्जना र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई मत दिन अपिल गरे। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले “घरआँगनमै सेवा र अवसर ल्याउने” प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष ढकाल, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र तरुण दलका नेता-कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
घरदैलो अभियानसँगै रुङ्गटाको चुनावी गतिविधि क्षेत्रभर तीव्र बन्दै गएको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएको छ।














