पर्सा-
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार रिमा कुमारी यादव ले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा विशेष काम गर्न आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिका अध्यक्ष गोकर्ण पाठक, बहुदरमाई नगरपालिका अध्यक्ष सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमका क्रममा नेकपा (एमाले) मा जसपा नेपाल र नेपाली कांग्रेस लगायत विभिन्न पार्टीबाट सयौँ जना प्रवेश गरेका जनाइएको छ।
Post Views: 3













