वीरगन्ज-
हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री पर्सामा धुमधामले भक्तजनहरुले मनाइरहेका छन । महाशिवरात्रीको अवसरमा आज विहान देखि जिल्लामा रहेका शिवालयहरुमा भगवान शिवको पूजा अराधना गर्न भक्तजनहरुको लामो लाईन लागेको छ ।
तराईको पशुपतिनाथ भनेर चिनिने वीरगन्जको पिपरा स्थित पशुपति मन्दिरमा विहानै देखीे पूजा अर्चाना गर्न ठुलो संख्यामा भत्ततालु तथा श्रधालुहरु पुगेका छन् । त्यस्तै पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालिकामा रहेको प्रसिद्ध दुधेश्वर महादेश(भाठाबाबा) ,वीरगन्जको प्रसिद्ध अलखियामठ मन्दिर लगायतका शिवालयमा भगवान शंकरको पूजा अराधन गर्न विहानै देखि ठुलो संख्यामा श्रधालुहरु पुगेका छन् । ठुलो संख्या पूजा गर्न मन्दिर पुगेका श्रधालुहरुको भिडलाई व्यवस्थित तथा हुनसकिने सम्भावित अपराधिक गतिविधिलाई रोक्न स्थानिय प्रशासनले जिल्लाभरीका मठ मिन्दर तथा शिवालयहरुमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
फागुन कृष्ण चतुदर्शी दिन भगवना शिवको उत्पत्ति भएको धार्मिक मान्यता अनुसार प्रतेक वर्ष सोही तिथिमा महाशिवरात्री पर्व हिन्दूहरुले मनाउने गरेका छन् । महाशिवरात्रीका दिन व्रात बसे श्रीमान्को आयु लामो हुनुको साथै घरपरिवारमा सुःख, समृद्धीवास गर्नुका साथै रोग व्याधि समाप्त हुने धार्मिक आन्यता रहेको छ । शिवारत्रीको व्रत कुमारी कान्यले गरे भगवान शिव जस्तै सुयोग्य वर पाउने मान्यताकै कारण आजका दिन धेरै हिन्दू कुमारी कान्य व्रत बस्ने गरेका छन् ।
Post Views: 5













