२०८३ भाद्र १९ गते, शुक्रबार १०:१०

भोटेकोशी महाविपत्ति: रसुवा र नुवाकोटका ६ सय विद्यार्थी र २२ शिक्षक अझै सम्पर्कविहीन, १२ विद्यालय पूर्ण रूपमा ध्वस्त

वीरगन्ज

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटमा शैक्षिक क्षेत्र नराम्ररी प्रभावित भएको छ। जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयहरूले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार दुवै जिल्लाका गरी करिब ६ सय विद्यार्थी र २२ जना शिक्षक तथा विद्यालय कर्मचारी अझै सम्पर्कविहीन छन्।

रसुवामा करिब २८० र नुवाकोटमा ३०० देखि ३५० जना विद्यार्थी सम्पर्कमा नरहेको अनुमान गरिएको छ। नुवाकोटको विदुर नगरपालिकामा मात्रै १४२ सामुदायिक र २८ निजी विद्यालयमध्येबाट करिब २५० विद्यार्थी सम्पर्कविहीन रहेको विद्यालय निरीक्षक नवराज सापकोटाले जानकारी दिएका छन्।

यस्तै, रसुवामा १५ सामुदायिक र १ निजी गरी १६ जना तथा नुवाकोटमा ४ सामुदायिक र २ निजी गरी ६ जना शिक्षक तथा कर्मचारीसमेत बेपत्ता छन्। सम्पर्कविहीन मध्ये केहीको शव विभिन्न स्थानमा फेला परे पनि यकिन सङ्ख्या पुष्टि भइसकेको छैन।

विद्यालयहरू बगरमा परिणत, अभिभावकसमेत बेपत्ता

बाढीका कारण नुवाकोटको विदुर–१० स्थित ३६२ विद्यार्थी अध्ययनरत उत्तरगया पब्लिक स्कुल पूर्ण रूपमा बगरमा परिणत भएको छ। यस्तै, ४९६ विद्यार्थी अध्ययनरत रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका २०० विद्यार्थी र ४ शिक्षक सम्पर्कमा नरहेको प्रधानाध्यापक माधव लामिछानेले बताएका छन्। रसुवाको आमाछोदिङ्मो गाउँपालिकाबाट मात्रै ५८ जना अभिभावक सम्पर्कविहीन रहेकाले बालबालिकाको यकिन विवरण जुटाउन कठिन भइरहेको छ।

चार स्थानीय तहका विद्यालय ९ दिनदेखि बन्द

भदौ १० गतेको बाढीपछि रसुवाका गोसाईंकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकाका विद्यालय ९ दिनदेखि ठप्प छन्। रसुवाको नौकुण्ड गाउँपालिकाका २९ विद्यालय भने सञ्चालनमा रहेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार धादिङ, रसुवा र नुवाकोटका गरी २२ वटा विद्यालय प्रभावित भएका छन्, जसमध्ये १२ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। मन्त्रालयले क्षतिको यकिन मूल्याङ्कन गर्न प्राविधिक टोली खटाएको छ। उक्त टोलीले ७ दिनभित्र बुझाउने प्रतिवेदनका आधारमा वैकल्पिक पठनपाठन र पुनःस्थापनाको योजना बनाइने जनाइएको छ।

प्रतिक्रिया

नेपालका बाढीपीडितका लागि एनभिडिया र सीईओ जेन्सेन हुआङको १ अर्ब ५३ करोड रुपैयाँ सहयोग, निजी क्षेत्रको इतिहासकै ठूलो राहत

वीरगन्ज– नेपालमा हालै आएको जलविद्युत् र बाढीको महाविपत्तिपछि राहत तथा

नेपालका बाढीपीडितका लागि एनभिडिया र सीईओ जेन्सेन हुआङको १ अर्ब ५३ करोड रुपैयाँ सहयोग, निजी क्षेत्रको इतिहासकै ठूलो राहत

वीरगन्ज– नेपालमा हालै आएको जलविद्युत् र बाढीको महाविपत्तिपछि राहत तथा

पोडकास्ट सुन्नुहोस