२०८३ श्रावण २७ गते, बुधबार १९:१२

सिरियामा इजरायली हवाई आक्रमणः ७ जनाको मृत्यु

काठमान्डौँ-
आईतवार साँझ सिरियाको राजधानी दमास्कस नजिकै इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित सात सर्वसाधारणको मृत्यु भएको छ ।

साथै अन्य २० जना घाइते भएको देशको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार साँझ करिव ५ बजे स्थानीय समय इजरायलले आक्रमण गरेको थियो । दमस्कसको ग्रामीण इलाकामा सय्यदाह जायनाब क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरेको थियो ।

आक्रमणले निजी सम्पतीमा पनि ठूलो क्षति पुगेको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स, बेलायतमा रहेको युद्ध पर्यवेक्षकले यसअघि उक्त क्षेत्रमा लेबनानी नागरिक र हिजबुल्लाह सदस्यहरू बसोवास गर्ने आवासीय भवनको फ्ल्याटमा आक्रमण भएको रिपोर्ट गरेको थियो ।

सिरियाको राजधानीको दक्षिणमा अवस्थित सय्यदाह जायनाब एक प्रमुख शिया तीर्थस्थलको घर हो । जो विगतमा इजरायली आक्रमणको निशाना बनिसकेको थियो ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस