२०८२ कार्तिक ११ गते, मंगलवार ०६:३१

सिरियामा इजरायली हवाई आक्रमणः ७ जनाको मृत्यु

काठमान्डौँ-
आईतवार साँझ सिरियाको राजधानी दमास्कस नजिकै इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित सात सर्वसाधारणको मृत्यु भएको छ ।

साथै अन्य २० जना घाइते भएको देशको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार साँझ करिव ५ बजे स्थानीय समय इजरायलले आक्रमण गरेको थियो । दमस्कसको ग्रामीण इलाकामा सय्यदाह जायनाब क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरेको थियो ।

आक्रमणले निजी सम्पतीमा पनि ठूलो क्षति पुगेको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स, बेलायतमा रहेको युद्ध पर्यवेक्षकले यसअघि उक्त क्षेत्रमा लेबनानी नागरिक र हिजबुल्लाह सदस्यहरू बसोवास गर्ने आवासीय भवनको फ्ल्याटमा आक्रमण भएको रिपोर्ट गरेको थियो ।

सिरियाको राजधानीको दक्षिणमा अवस्थित सय्यदाह जायनाब एक प्रमुख शिया तीर्थस्थलको घर हो । जो विगतमा इजरायली आक्रमणको निशाना बनिसकेको थियो ।

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

पोडकास्ट सुन्नुहोस