२०८३ असार २१ गते, आईतवार ०७:५६

उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम शुरु गरेको बताउनुभएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भएपनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताउनु भयो । उहाँले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चलन गर्न आवश्यक रहेको बताउनु भयो । निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको शुरुवात समेत गर्न नसकेको अवस्था रहेको बताउनु भयो । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका उल्लेख गर्दै भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिष्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताउनु भयो । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने बताउनु भयो ।

मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बताउनु भयो । योगा उपचारको निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस