
काठमाडौं –
शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताउनुभएको छ ।
राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षासँग योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताउनु भयो । उहाँले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिवद्धता जनाउनु भयो । शिक्षा र स्वास्थ्य आजको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताउनु भयो । योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएरु अघि बढ्नसके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउनसकिने उल्लेख गर्नुभयो । शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरुक गरेको भएपनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको बताउनु भयो ।
