२०८२ आश्विन २६ गते, आईतवार १९:३४

दक्षिण कोरियामा डुङ्गा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं-

दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुको पानीमा १५ जना चालक दलका सदस्य बोकेका दुई माछा मार्ने डुङ्गा ठोक्किँदा शनिवार एक जनाको मृत्यु भएको पुष्टि भएको छ । तीन जना बेपत्ता भएका छन् । सात जना सवार ३२ टनको माछा मार्ने डुङ्गा र आठ जना सवार २९ टनको जहाज टापुको पानीमा ठोक्किएका हुन् ।

१२ जनालाई भने उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३२ टनको जहाजका ५० वर्षीय कप्तानलाई कार्डियोपल्मोनरी रिसुसिटेशन जस्ता प्राथमिक उपचार प्राप्त गर्ने क्रममा हृदयघातका कारण अस्पताल लगिएको थियो ।

पछि मृत्यु भयो । दुवै जहाजका कप्तानहरू दक्षिण कोरियाली थिए भने अन्य चालक दलका सदस्यहरू भियतनामी र इन्डोनेसियाली जस्ता विदेशीहरू थिए ।

पोडकास्ट सुन्नुहोस