२०८३ आश्विन २० गते, मंगलवार ०३:३१

कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौंः भण्डारी

काठमाडौं –

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् ।शुक्रबार निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका नेपाली कांग्रेसका नेताहरूसँगको कुराकानीका क्रममा उनले आयोगले कुनै पनि विषयमा अध्ययन र विश्लेषण गरी संस्थागत परम्परा अनुरूप निर्णय लिने बताएका हुन् ।

‘विधी, पद्दती छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधी र पद्दतीभन्दा बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको आफ्नै संस्थागत परम्परा रहेको दाबी गरे ।

भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आग्रह समेत गरे ।
‘निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको छ, ती कार्यक्रमहरुमा यहाँहरु सरिक भएर सहयोग गर्दै निर्वाचन सम्पन्न गर्नुहुन्छ भन्ने कुरामा निर्वाचन आयोग विश्वस्त छ,’ उनले भने ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस