२०८३ आश्विन २० गते, मंगलवार ०३:३२

निर्वाचन आयोगमा दलबल सहित कांग्रेस संस्थापनका शीर्ष नेता पुगे

काठमाडौँ –

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू शुक्रबार(आज) निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् ।

निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोईराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका नेताहरूको उपस्थिति छ । यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

गगन थापा सभापतिसहितका नवनिर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो ।

दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।नेता कार्यकर्ताको भीड बढ्न थालेपछि आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस