२०८३ जेष्ठ १६ गते, शनिबार २०:१४

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा सबै तयारी पूरा ,१० वटा उपसमिति गठन

काठमाडौं-

महाशिवरात्रीको पवित्र अवसरमा पशुपतिनाथ मन्दिरमा लाग्ने मेलाको लागि सबै तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

दर्शनार्थीहरूको सुविधाको लागि १० वटा उपसमिति गठन गरिएको छ। प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले भक्तजनलाई यथाशीघ्र र सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको बताए। कोषले गत वर्षभन्दा यसपटक दर्शनार्थीको सङ्ख्या बढ्ने अनुमान गरेको छ।

पशुपतिनाथ प्रवेश गर्न बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम र उत्तर ढोकामा तीन-तीन वटा र पूर्व र दक्षिण ढोकामा दुई-दुई वटा लाइन व्यवस्था गरिएको छ। भोलि बिहान २ बजेर ३० मिनेटदेखि परसि बिहान ६ बजेसम्म दर्शनका लागि ढोका खुला रहनेछ। यस अवधिमा पाँच लाखभन्दा बढी भक्तजनले प्रत्यक्ष दर्शन गर्ने कोषको अनुमान छ।

पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ता राख्ने ठाउँको सहज पहुँचको व्यवस्था मिलाइएको छ। सुरक्षा, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायतका व्यवस्था पनि गरिएको संयोजक खत्रीले जनाए।

महाशिवरात्रीको अवसरमा भारत लगायत अन्य देशबाट पनि हजारौं तीर्थयात्री र पर्यटक आउने अपेक्षा गरिएको छ। यस अवसरमा पशुपतिनाथ क्षेत्रमा भक्तजनको सुविधा र सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस