२०८३ जेष्ठ १६ गते, शनिबार २०:१४

मेक्सिको र क्यानडामाथि कर लगाउने ट्रम्पको घोषणा

file Pic

काठमाडौं –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गर्नुभएको छ । मेक्सिको र क्यानडामा करको लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई करहरू लगाउने कार्य अगाडि बढिरहेको बताउनु भयो । अमेरिकासँग क्यानडा र मेक्सिको मात्र नभइ अन्य देशहरुले पनि नराम्रो व्यवहार गरेको र अमेरिकाबाट फाइदा उठाएको भन्दै उनीहरुमाथि पनि कर लगाउने बताउनु भयो । अमेरिका सबैसँग पारस्परिक सम्बन्ध चाहने भन्दै अरुले शुल्क लगाए आफूहरु पनि शुल्क लगाउने बताउनु भयो ।

फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो । विशेष गरी क्यानाडाली ऊर्जा उत्पादनहरूको लागि १० प्रतिशत कर वृद्धि गरिएको छ । फेब्रुअरी ३ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा थप कर एक महिनाको लागि स्थगित गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस